सांसद राजु विष्टसित पहाड असन्तुष्ट, कालेबुङमा पोस्टरिङ गर्दै राजीनामाको माग

कालेबुङ: कालेबुङ जिल्ला गोर्खा जनमुक्ति युवा मोर्चा बिमल खेमाको तर्फबाट दार्जिलिङका सांसद राजु विष्ट अनि विधायकहरू विरुद्ध आज कालेबुङ शहरको डम्बर चौकमा व्यापक पोस्टरिङ गरिएको छ। उक्त पोस्टरहरूमा पहाड, तराई-डुवर्सको स्थायी राजनैतिक समाधान अनि 11 जात गोष्ठीलाई जनजातिको मर्यादा दिनुपर्ने माग गर्नको साथै दार्जिलिङका सांसद राजु विष्टको काम गराइले पहाडको जनता असन्तुष्ट रहेको बताउँदै सांसद विष्टको राजीनामाको माग गरेको छ। युवा मोर्चा कालेबुङ जिल्ला महासचिव बालकृष्ण थापाले 2024 सम्ममा होइन तर 2021-को हाल चलिरहेको मनसुन सत्रमा नै भाजपाले संसदमा बील ल्याउनुपर्छ नत्र सांसद राजु विष्टले राजीनामा दिनुपर्ने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *