सांसद शान्ता छेत्रीलाई मिरिकमा स्वागत एवम् बधाई

मिरिक :  तृणमूल कङ्ग्रेस नेत्री तथा राज्यसभा सांसद श्रीमती शान्ता छेत्रीलाई आज मिरिकमा हिल तृणमूल कङ्ग्रेस अध्यक्ष एलबी राई अनि कार्यकर्ताहरुले स्वागत गर्दै सम्मानसहित बधाई एवम् शुभकामना टक्राए। भर्खरै मात्र सांसद श्रीमती शान्ता छेत्रीलाई स्टेट को अर्डिनेशन कमिटीको स्टेरिङ कमिटाका सदस्यका रूपमा चयन गरिएको छ। यसैले आज सांसद छेत्री मिरिक आएपछि तिनलाई न्यानो स्वागत गरियो। हिल तृणमूल अध्यक्ष एलबी राईले बताए अनुसार स्टेट कोअर्डिनेशन कमिटीको स्टेरिङ कमिटीमा मोठ सातजना सदस्यहरु चयन भएका छन्, जसमा सांसद छेत्री पनि एकजना रहेकी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *