सांस्कृतिक कार्यक्रमसँगै फुटबल प्रतियोगिताको फाइनल सम्पन्न

बिजनबारी: बिजनबारीको झेपी ग्राम अधिनस्थ पर्ने लोवर सुम्बुक युथ क्लबद्वारा आयोजित दिपवाली कप फुटबल प्रतियोगिताको फाइनल खेल विविध रङ्गारंग कार्यक्रमको साथमा सम्पन्न गरियो। लोवर सुम्बुक खेल मैदानमा आयोजित महिला तथा पुरुषवर्गको भिन्न भिन्नै प्रतियोगिताको फाइनल खेल खुबै रोमाञ्चक रह्यो। महिला फुटबल प्रचियोगिताको फाइनलमा बाँसबोटे महिला टोलीले सलगदाङ सिक्किमलाई ट्राइ ब्रेकरमा 1 गोलको विरुद्ध 3 गोल गरेर ट्रफीसहित नगद राशि जित्यो भने पुरूषहरूको फाइनल म्याचमा सलगदाङ टोलीलाई पराजित गरेर बाँसबोटे टोली च्याम्पियन बन्यो। गोजमुमो उपाध्यक्ष सतिश पोख्रेलको प्रमुख आतिथ्यमा आयोजित फुटबल फाइनल खेल शुरू हुन अघि विविध सांस्कृतिक कार्यक्रमसँगै गोर्खा सांस्कृतिक संरक्षण समिति बडारेका कलाकारहरुले पनि सांगीतिक कार्यक्रम प्रस्तुत गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *