संस्थाद्वारा दरिद्र नारायण सेवाको आयोजना

सिलगढी : गेट बजार वेलफेयर संस्थाको तर्फबाट आज दरिद्र नारायण सेवाको आयोजना गरियो। बजारको मङ्गल कामनाको उद्देश्य लिएर उक्त दरिद्र नारायण सेवाको आयोजना गरेर हजारौँ मानिसहरूलाई खिचौरी र सब्जी खुवाएको संस्थाका सदस्यहरूले बताए। आउँदो दिनहरूमा पनि यस प्रकारको समाजमूलक कार्यहरू गरिने तिनीहरूले बताए। उक्त सेवामूलक कार्यमा तिनीहरूलाई धेरै मानिसहरूले सहयोग पुर्‍याएको संस्थाका सदस्यले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *