संस्थाद्वारा मात्र 5 रुपियाँमा गरिबहरूलाई नयाँ लुगाफाटा वितरण

सिलगढी : पुजाको समयमा सबैको मुखमा हाँसो ल्याउने उद्देश्य लिएर स्वयम् सेवी संस्थाले गरिब, कामविहीन मानिसहरूलाई मात्र 5 रुपियाँमा नयाँ लुगा प्रदान गरिरहेको छ। उक्त संस्थाद्वारा स-साना नानीहरूलाई लुगा, महिलाहरूलाई साड़ी, कुर्ता, पुरुषहरूको लागि सर्ट प्यान्ट आदि लुगाफाटा एउटा भ्यानमा हालेर सहरको एक ठाउँदेखि अर्को ठाउँमा लगेर गरिब असहाय मानिसहरूलाई मात्र 5 रुपियाँमा प्रदान गरिरहेको छ। संस्थाका कर्णधार राकेश दत्तले बताएअनुसार आज लगभग 5 सय मानिसहरूलाई उक्त नयाँ लुगाफाटा प्रदान गर्ने संस्थाको प्रयास रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *