संस्थाको स्थापना दिवसमा चित्राङ्कन प्रतियोगिता

सुकेपोखरी : पोख्रेबुङ ग्राम पञ्चायत तीन अन्तर्गत मगरजोङ चियाबारी अरेञ्ज भिल्लाको सचेत युवा जमातको सक्रियतामा अस्तित्वमा आएको गैर सरकारी संस्था अ स्टेप टुवर्डस द नीड-को चौथो स्थापना दिवस सामान्य रूपमा पालन गरियो। सामाजिक कार्यकर्ता साथै भूतपूर्व बड़ाबाबु डीबी सुब्बा, आईसीडीएस कर्मी क्रमैले शर्मिला गुरुङ, सुषमा सार्की, शारिका सुब्बा, शिशु शिक्षा केन्द्रका शिक्षण प्रभारी बुद्ध तामाङ, शिक्षिका सुजता सुब्बा आदि उपस्थित थिए। कार्यक्रममा स-साना नानीहरूमाझ गराइएको बस अनि चित्र बनाऊ प्रतियोगितामा अदिति तामाङ प्रथम, सम्वृद्धि सुब्बा दोस्रो अनि अमन शर्मा तेस्रो भएका छन्। बाल कलाकारहरूले नृत्य प्रस्तुत गरे भने नृत्य प्रस्तुत गर्ने कलाकारको कलाको सम्मान गर्दै प्रोत्साहन स्वरूप आईसीडीएस कर्मी शर्मिला गुरुङले नगद पुरस्कार पनि प्रदान गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *