सन्तोष राय र राजेश छेत्री तृणमूलमा सामेल

सिलगढी : सिलगढीको 8 नम्बर मण्डलका भाजपा महासचिव सन्तोष राय लगायत 42 नम्बर वार्डका सीपीआईएम नेता राजेश छेत्री आफ्नो पार्टी छोडेर आज तृणमूलमा सामेल भएका छन्। दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसको पार्टी कार्यालयमा आज तृणमूल नेता गौतम देव, रञ्जन सरकारको उपस्थितिमा तिनीहरू तृणमूलमा सामेल भएका छन्।


यसबाहेक सिलगढीको 42 र 44 नम्बर वार्डका भाजपा र सीपीआईएम पार्टीबाट लगभग 150 जना कार्यकर्ता तथा समर्थकहरू आज तृणमूलमा सामेल भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *