सन्न्यासीकाटा उच्च विद्यालयको नयाँ प्रवेशद्वारको निर्माण कार्यको शिलान्यास

राजगञ्ज : राजगञ्जका विधायक खगेश्वर रायले आज सन्न्यासीकाटा उच्च विद्यालयको नयाँ प्रवेशद्वारको निर्माण कार्यको शिलान्यास गरे। विधायक विकास परियोजनाबाट लगभग 2 लाख 74 हजार रुपियाँको लागतमा राजगञ्ज ब्लकको सन्न्यासीकाटा उच्च विद्यालयको प्रवेश द्वारको निर्माण गरिने भएको छ। यसको साथै विधायक रायले उक्त विद्यालयको नवौँ श्रेणीका 179 जना विद्यार्थीहरूलाई सातौँ चरणमा सबुज साथी परियोजनामार्फत् साइकल वितरण गरे। यस अवसरमा सन्न्यासीकाटा ग्राम पञ्चायतका प्रधान मल्लिका राय, सन्न्यासीकाटा अञ्चल सभापति रोशन हबीब लगायत विद्यालयका शिक्षक-शिक्षिकाहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *