संयुक्त माध्यमिक शिक्षक संगठनद्वारा शिक्षक-शिक्षाकाहरूलाई संवर्द्धना

मङपू: सरस्वती विद्यालय भवनमा संयुक्त माध्यमिक शिक्षक संगठनको सभापति जगत राईको अध्यक्षतामा आज विदाई एवम् अभिनन्दन कार्यक्रमको आयोजना गरियो। संगठनका सचिव शरण गुरुङले सञ्चालन गरेको अभिनन्दन समारोहमा शिक्षक विवेक छेत्रीले स्वागत सम्भाषण राखे। मङपु सरस्वती उच्चत्तर माध्यमिक विद्यालयबाट अवकाशप्राप्त भूतपूर्व शिक्षक बिशोर छेत्रीभूतपूर्व शिक्षिका द्वय प्रणिता राई, देवमित लेप्चा अनि ज्ञानपीठ उच्चत्तर माध्यमिक विद्यालयका प्राचार्य बालकुमार गुरुङलाई उपहार अनि स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो।


उक्त समारोहमा प्रमुख अतिथिको रूपमा क्षेत्रीय सभासद रतन थापा अनि विशिष्ट अतिथिहरूमा सरस्वती विद्यालयका प्राध्यापिका चन्द्रकला राई, ज्ञानपीठ विद्यालयका प्रधानअध्यापक दिलीप गुरुङ, शारदा विद्यालयका प्रधान अध्यापक प्रकाशचन्द्र राई अनि मङपुदेखि बाहिरका शिक्षक शिक्षिकाहरू उपस्थित थिए। संयुक्त माध्यमिक शिक्षक संगठनको पक्षबाट मङपु लाब्दा समाष्टि सभासद रतन थापालाई पनि स्मृति चिन्ह प्रदान  गरेर सम्मान जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *