संयुक्त माध्यमिक शिक्षक संगठन मिरिक महकुमाका अध्यक्षले दिए राजीनामा

मिरिक : विधानसभा चुनाउको मुखैमा गोजमुमो विनय खेमालाई ठुलो झट्का लागेको छ। गोजमुमो विनय खेमाको भातृ संगठन संयुक्त माध्यमिक शिक्षक संगठन मिरिक महकुमा समितिका अध्यक्ष पराग शर्माले आजदेखि आफ्नो पद तथा संगठनबाट राजीनामा दिएका छन्। तिनले आज पत्रकारहरूलाई बताएअनुसार संगठनको प्राथमिक सदस्यबाट समेत राजीनामा दिए। गत वर्ष अगस्त महिनामा संयुक्त माध्यमिक शिक्षक संगठन मिरिक महकुमा समितिको अध्यक्ष पदमा तिनी निर्वाचित भएपछि संगठनलाई अगाडी बढाइरहेका थिए भने आफ्ना कतिपय व्यक्तिगत व्यस्तताको कारणले गर्दा पदबाट राजीनामा दिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *