संयुक्त माध्यमिक शिक्षक कल्याण संगठन रङ्गबुलको सभा

सुकेपोखरी : संयुक्त माध्यमिक शिक्षक कल्याण संगठन रङ्गबुलको सभा 450  पुल सामुदायिक भवन गुराँस डाँडामा आज सम्पन्न भयो। धोतरिया उच्च विद्यालयका प्रधानाध्यापक भक्त डुम्जनको अध्यक्षतामा सम्पन्न सभामा  रंगबुल सर्कल पुनर्गठन गर्नको साथै नव नियुक्त शिक्षकहरूको सदस्यताबारे पनि चर्चा गरियो। उक्त सभालाई अनिल शर्मा, हेमन्त गुरूङ, राम तामाङ, अमीर राई तथा अन्यले सम्बोधन गरेका थिए भने सभामा पुरानो समितिलाई यथावत राख्दै कतिपय फेरबदल गरेको बताइएको छ।


उक्त सभामा गोजमुमो विनय पन्थी केन्द्रीय समिति सदस्य राजेश चौहान, रंगबुल धोतरिया समितिका सभापति आमीर राई, सचिव पेमा यल्मो, कार्यकारी सभापति जीवन प्रधान, सल्लाहकार विकाश हाङ सुब्बा, माध्यमिक शिक्षा संगठनका सभापति अनिल शर्मा, दार्जिलिङ सभापति राम तामाङ, प्रवक्ता हेमन्त गुरूङ, प्रवेश गुरूङ, अरविन्द सिंह, बीएम लेप्चा, मनिष तामाङ तथा घुम कन्या उच्चतर माध्यमिक विद्यालय, घुम बाल उच्चतर माध्यमिक विद्यालय, रङ्गबुल उच्चतर माध्यमिक विद्यालय र धोतरिया उच्च विद्यालयका शिक्षण कर्मीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *