संयुक्त माध्यमिक स्वयम् सेवक शिक्षक संगठन खरसाङ महकुमा समितिको सभा

खरसाङ : संयुक्त माध्यमिक स्वयम् सेवक शिक्षक संगठनका प्रतिनिधिहरूलाई लिएर खरसाङ महकुमा समितिको साङ्गठनिक सभा सम्पन्न भयो। उक्त सभा महासचिव प्रणाम रसाइलीको अध्यक्षतामा आयोजना गरियो। सभामा विशेष गरेर महकुमा समिति सदस्य एमबी घले लगायत भातृ संगठन माध्यमिक स्वयम् सेवक संगठनबाट खरसाङ महकुमाका विभिन्न ठाउँबाट प्रतिनिधिहरू उपस्थित थिए। सभामा संगठन विषयमा चर्चा-परिचर्चा गरिनको साथै आउँदो दिनमा कतिपय कार्य गर्नको निम्ति सुविधा होस् भन्ने हेतुले संगठनबाट दुईजना सदस्यलाई खरसाङ महकुमा पार्टीको समितिमा चयन गरियो। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै सङ्गठनका प्रतिनिधिहरूले यसबारे बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *