संयुक्त मोर्चाका प्रार्थी सुनील चन्द्र तिर्कीको समर्थनमा पथसभाको आयोजना

खोरीबारी : रानीगञ्ज पानीसाली अञ्चल 1 कङ्ग्रेस तथा वामफ्रन्टले संयुक्त रूपमा प्रार्थी सुनील चन्द्र तिर्कीको समर्थनमा मनसा बस्तीमा पथसभाको आयोजना गर्यो। यस अवसरमा संयुक्त मोर्चाका प्रार्थी सुनील चन्द्र तिर्की, राम कुमार छेत्री, मोहन छेत्री, विदुभूषण बर्मन, आलोक राय, सन्तोष कुमार सिंह, अभिराज सुब्बा, रमेश राम लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए। सन्तोष कुमार सिंहले बताएअनुसार संयुक्त मोर्चाका प्रार्थी सुनील चन्द्र तिर्कीको समर्थनमा आज पथसभाको आयोजना गरिएको हो। उक्त पथसभा अवधि सुनील चन्द्र तिर्कीको पक्षमा मतदान गर्ने सबैसित अनुरोध गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *