संयुक्त मोर्चा प्रार्थी रतन रायको समर्थनमा मीनाक्षी मुखर्जीले गरिन् रोड शो तथा पथसभा

राजगञ्ज : राजगञ्ज विधानसभाको संयुक्त मोर्चा प्रार्थी रतन रायको समर्थनमा आज डीवाईएफआई-का राज्य सचिव तथा नन्दीग्राम विधानसभाका प्रार्थी मीनाक्षी मुखर्जीले रोड शो र पथसभा गरिन्। तिनले आज राजगञ्ज विधानसभा अन्तर्गत पर्ने कालीनगरमा पथसभा एवम् बेलाकोवा कलेज मोड़देखि बटतलासम्म तीन किलोमीटर रोड शो गरिन्। उक्त रोड शो-मा सीपीएम तथा कङ्ग्रेसका धेरैजना कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए। पथसभालाई सम्बोधन गर्दै मीनाक्षी मुखर्जीले आतङ्कको राजनीति चलिरहेको आरोप लगाइन्। तिनले सबै महिला तथा युवतीहरूको सम्मानको रक्षा, संविधानको लागि एउटा नयाँ पश्चिम बंगाल बनाउने साथै राजगञ्जलाई अझ विकसित गर्नको लागि  एकमात्र विकल्प संयुक्त मोर्चा हो भनी बताइन्। यस अवसरमा जिल्ला सचिव शलील आचार्य, उम्मेद्वार रतन कुमार राय, डीवाईएफआई-का जिल्ला सचिव मण्डल सदस्य ब्युटी परवीन लगायत अन्य नेतृत्वहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *