सपना मुण्डा डक्टरी पढाईको निम्ति छनौट

खोरीबारी : खोरीबारी ब्लक अन्तर्गत बतासीको फुलबारी  चिया कमान निवासी सपना मुण्डा डाक्टरको पढ़ाई गर्न एमबीबीएस-को लागि छनौट भएर आफ्नो गाउँको नाम उच्च पारेकी छन्। आर्थिक रूपमा कमजोर भए तापनि लगनशीलता तथा दृढ़ इच्छा शक्तिले गर्दा सपना मुण्डाले आफ्नो डाक्टरको पढ़ाई गर्ने सपना  पुरा गरेकी छन्। प्रतिदिन लगभग 12 किलोमीटर साइकलमा सवार भएर तिनी स्कुल जाने गर्थिन्।  निकै कठिनाईको साथमा तिनले उच्च माध्यमिकको पढ़ाई पुरा गरिन्। सपना मुण्डाको सफलताको सरहाना गर्दै समाजसेवी आकाश लामा, भाजपा सिलगढी जिल्ला सांगठनिक महासचिव मनोरञ्जन मण्डल, सचिव उत्तम सिंह आदि तिनको घरमा गएर शुभकामना दिनको साथै हरसम्भव सहयोग गर्ने आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *