साँपले डस्दा 30 वर्षीय बान्दा उराव घाइते

जलपाईगढी : जलपाईगढी जिल्लाको चामटीमुखी गाउँमा घरको सर-सफाई गरिरहेको समयमा एकजना व्यक्ति साँपले डसेर घाइते भएका छन्। प्राप्त जानकारीअनुसार घरको सर-सफाई गरिरहेको समय घरमा राखिएको दाउराहरू हटाइरहेको समय 30 वर्षीय बान्दा उरावलाई एउटा विषालु साँपले तिनको दाहिने हातमा डस्यो। यसपछि तिनी चिच्याएको आवाज सुनेर छिमेकीहरू घटनास्थलमा पुग्दा तिनलाई विषालु साँपले डसेको थाहा पाएपछि तत्कालै अस्पतालमा लगे। स्थानीय मानिसहरूले लगभग साढ़े 4 फुट लामो उक्त विषालु साँपलाई पक्रेर पिञ्जरामा राखेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *