साँपले डसेर 22 वर्षीय युवकको मृत्यु

गान्तोक (निस): सिक्किमको सोरेङ-च्याखुङ समष्टिको कर्थोकमा एकजना 22 वर्षीय युवक साण्डुप लेप्चाको साँपले डसेर मृत्यु भएको छ। तिनले हालै नाम्ची सरकारी डिग्री कलेजबाट स्नातकको शिक्षा पूरा गरेका थिए। प्राप्त जानकारी अनुसार साण्डुप लेप्चा आफ्नो घरबाट बाहिरी निस्किँदा साँपले सिँढीमा नै डसेपछि तिनलाई तत्कालै सोरेङ अस्पताल लगियो। सोरेङ अस्पतालमा प्रारम्भिक उपचार गरेपछि त्यहाँबाट तिनलाई नाम्ची अस्पताल रेफर गरिएको थियो। यसपछि नाम्ची अस्पताल लैजाने क्रममा नै साण्डुप लेप्चाको स्थिति चिन्ताजनक भइसकेको थियो। तिनलाई नाम्ची अस्पतालमा राति लगभग 11:50 बजे पुऱ्याइएको थियो भने त्यहाँ डाक्टरले मृतक घोषित गरेको बताइएको छ। मृतक लेप्चाले हिजो मात्र सोरेङ बीएड कलेजमा इन्ट्रेन्स परीक्षाको लागि फारम भरेको पारिवारिक सूत्रमार्फत थाहा लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Built with ❤︎ by appycodes