सप्ताहव्यापी लकडाउनको अन्तिम दिन खरखाङ बजार सुनसान

खरसाङ  : जीटीए क्षेत्रमा डाकिएको सप्ताहव्यापी लकडाउनको अन्तिम दिन शनिबार खरसाङ बजार क्षेत्र सुनसान देखियो। बजारको विभिन्न क्षेत्रहरूमा पुलिस प्रशासनद्वारा गश्ती लगाएको देखियो भने बजारको सबै दोकान पाटहरू बन्द रहेको थियो। अपरान्ह्रको समय खरसाङ बजार क्षेत्र प्राय: सुनसान रहेको थियो। बजारमा आवश्यक दोकानहरू मात्रै खुल्ला थिए भने मानिसहरूको चहल पहल शून्य थियो। खरसाङ क्षेत्रमा कोरोना पोजिटिभ केसहरू बढ़दै गएपछि बजार क्षेत्र सुनसान रहेको छ। लकडाउनको अन्तिम दिन खरसाङ बजार पूर्ण रूपमा लक डाउनमा रहेको देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *