साप्ताहिक लकडाउनको दोस्रो दिन सिलगढीको सडकहरू सुनसान

सिलगढी : राज्यभरिमै जारी साप्ताहिक लकडाउनको आज दोस्रो दिन यता सिलगढीको सडकहरू सुनसान देखियो। सहरको विभिन्न ठाउँहरूमा पुलिसद्वारा नाका चेकिङ अभियान चलाइरहेको छ। साप्ताहिक लकडाउनको कारण आज सहरको सबै बजारहरू बन्द रहेको छ भने जरूरी परिसेवाहरू मात्र खुल्ला रहेको छ। सहरको विभिन्न ट्राफिक पोइन्ट लगायत महत्वपूर्ण इलाकाहरूमा पुलिसद्वारा नाका चेकिङ अभियान चलाइरहेको छ। लकडाउन अवधि कुनै कामबिना घरबाट बाहिर निस्किने मानिसहरूविरुद्ध पुलिसद्वारा कठोर कार्वाही गरिरहेको छ। स्मरण रहोस्, जिल्ला प्रशासनको तर्फबाट सिलगढी सहर इलाकामा आगामी बुधबारसम्म लकडाउन गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *