सप्तश्री ज्ञानपीठ स्कुलको 30औँ स्थापना दिवस पालन

कालेबुङ: कालेबुङको एउटा प्रतिष्ठित शैक्षिक संस्थान सप्तश्री ज्ञानपीठले आज 30औँ स्थापना दिवस पालन गर्यो। स्कुलका निर्देशक तपन कुमार प्रधान, प्राचार्य स्मिता प्रधान, मरियम गुरुङ, अविनाश छेत्री आदिको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा स्कूलका शिक्षक शिक्षिकागण, विद्यार्थी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


स्कूलकी निर्देशिका स्व. ललिता प्रधानको तस्वीरमा दीप प्रज्वलन अनि पुष्पाञ्जली अर्पण गरेर शुरू भएको कार्यक्रममा स्कुलका विद्यार्थीहरूद्वारा विभिन्न रंगारंग कार्यक्रमहरू प्रस्तुत गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *