सरस्वती पुजाको अवसरमा नानीहरूलाई पाठ्य सामाग्रीहरू वितरण

खोरीबारी : खोरीबारी, नक्सलबारी खण्डलगायत सीमावर्ती क्षेत्रको धेरै ठाउँहरूमा विद्या, बुद्धि र ज्ञानदायिनी माता सरस्वतीको पुजा हर्षोल्लासको साथमा मनाइयो। नक्सलबारीस्थित बड़ामनीराम जोत प्राइमेरी स्कुलमा सरस्वती पुजाको अवसरमा नानीहरूलाई पाठ्य सामग्रीहरू वितरण गरियो। धेरै वर्ष अघिदेखि स्कुल प्रबन्धन समिति तथा ग्रामीणहरूको सहयोगमा प्रत्येक वर्ष सरस्वती पुजाको आयोजना गर्दै आइरहेको स्कुलका शिक्षक इन्चार्ज हिमांशु रायले बताए। यस वर्ष पनि माता सरस्वतीको पुजा अर्चना गरेपछि कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा नानीहरूलाई स्कुलमा चाहिने सामाग्रीहरू जस्तै खाता, पेन्सिल, कलम आदि वितरण गरियो। यस अवसरमा स्कुलका शिक्षक हिमांशु राय, सजल कुमार दे, पञ्चायत सदस्या रमाला बर्मनलगायत अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *