सरस्वती पुजामा अञ्जलि दिन गएकी 4 वर्षीय बालिकाको जलेर मृत्यु

सिलगढी : सिलगढी डाबग्राम 2 नम्बर अन्तर्गत पर्ने ठाकुरनगर इलाकामा सरस्वती पुजाको अवसरमा अञ्जलि दिन गएकी 4 वर्षीय बालिका बन्याको शरीरमा आगो लागेर मृत्यु भएको छ। बन्याको बोज्यु सुषमा सरकारले बताएअनुसार गत बुधबार बन्या साडी लगाएर घर छेउको एउटा पुजामा परिवारका सदस्यहरूसँग अञ्जलि दिनको लागि गएकी थिइन्। अञ्जलि दिएपछि परिवारका सदस्यहरू घर फर्किआए तापनि बन्या पुजा पण्डालमा बसेकी थिइन्। माता सरस्वतीलाई चढाइएको आफ्नो पुस्तक लिन जाँदा मोमबत्तीबाट बन्याको साडीमा आगो लाग्दा घाँटीदेखि कम्मरसम्म जलेको बताइएको छ। तत्कालै तिनलाई सिलगढी जिल्ला अस्पतालमा लगेपछि त्यहाँका डाक्टरले उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदियो। मेडिकल कलेजमै उक्त बालिकाको मृत्यु भएको बताइएको छ। यस घटनाले इलाकामा शोकको लहर छाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *