सरस्वतीपुर घना जङ्गलमा मरेको हात्ती उद्धार

राजगञ्ज : बैकुण्ठपुर डिभिजनको सालुगढा रेञ्ज अधीनस्थ सरस्वतीपुर घना जङ्गलमा मरेको हात्ती उद्धार भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले जङ्गलभित्र एउटा मरेको जङ्गली हात्ती देखेपछि घटनाबारे वन विभागलाई खबर दिए। घटनाको खबर पाएर सरस्वतीपुर बीट रेञ्जका वनकर्मीहरू घटनास्थलमा पुगे। उक्त हात्ती कसरी मर्यो भन्ने विषयमा थाहा लागेको छैन। वन विभागले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *