सरदार वल्लभ भाइ पटेलको जन्म जयन्तीको अवसरमा रन फर युनिटी कार्यक्रम

खरसाङ: खरसाङ महकुमाको सिविटारस्थित बाघमारा बस्तीमा रहेको बाल संस्कार केन्द्रको आयोजनामा सरदार वल्लभ भाइ पटेलको जन्म जयन्तीको अवसरमा रन फर युनिटी कार्यक्रमको आयोजना गरियो। सूर्य फाउण्डेशनको बाल संस्कार केन्द्र बाघमारा बस्तीको आयोजनामा सरदार वल्लवभाई पटेलको जन्मजयन्ती पालन गरियो। यस अवसरमा बाल संस्कार केन्द्रका नानीहरूलाई लिएर रन फर युनिटी नाराको साथ फाउण्डेसनको ब्यानरको साथमा विभिन्न प्ला कार्ड लिएर रिले दौड़को आयोजना गरियो। उक्त कार्यक्रमको स्लोगन दौड़-एकता, उन्नति, भाईचारा र सहिष्णुता रहेको थियो। यस विषयमा सूर्य फाउण्डेशनको बाल संस्कार केन्द्र बाघमारा बस्तीको प्रशिक्षक योगेन्द्र छेत्रीले बाघमारा बस्तीको बाल संस्कार केन्द्रको आयोजनामा सरदार वल्लभ भाई पटेलको जन्म जयन्तीको अवसरमा रन फर् युनिटी कार्यक्रम आयोजना गरी स्थानीय क्षेत्रको रोडमा नानीहरूलाई लिएर दौड़ प्रतियोगिताको आयोजना गरिएको बताए। तिनले यस कार्यक्रमको स्लोगन दौड़-एकता, उन्नति, भाईचारा र सहिष्णुता रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *