शरीरमा साङ्ग्लो बाँधेर बटुकामा मुराई बोकेर सिलगढीमा सीपीआईएम-को धिक्कार र्‍याली

सिलगढी : शरीरमा साङ्ग्लो बाँधेर अनि बटुकामा मुराई बोकेर सिलगढी सहरमा प्रदर्शन गर्दै राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले पदत्याग गर्नुपर्ने मागमा आज सीपीआईएम-को तर्फबाट एउटा अनौठो विचित्र र्‍याली निकालिइयो। एसएससी-को नियुक्तिमा भ्रष्टाचार गरेको आरोपमा ईडी-ले राज्यका पूर्व शिक्षामन्त्री तथा वर्तमान उद्योग अनि वाणिज्य मन्त्री पार्थ च्याटर्जीलाई आज पक्राउ गरेपछि विरोधी पार्टीहरूले यसको तीव्र रूपमा निन्दा गरिरहेको छ। यसै क्रममा दार्जिलिङ जिल्ला सीपीआईएम-ले पनि आज तृणमूल सरकार हटाउने तथा मुख्यमन्त्री ममता ब्यानर्जीले राजीनामा दिइनुपर्ने माग गर्दै सिलगढीमा धिक्कार र्‍याली निकाल्यो। उक्त र्‍यालीमा वामफ्रन्टका शीर्ष नेता तथा सिलगढी नगरनिगमका पूर्व मेयर अशोक भट्टाचार्य, जीवेश सरकार लगायत अन्य केही शीर्ष नेतृत्वहरू उपस्थित थिए। यस अवसरमा अशोक भट्टाचार्यले भने, मुराईमा पनि जीएसटी लगाइएको छ। भाजपा र तृणमूल सरकारले साधारण मानिसहरूलाई लुटिरहेको छ। सारदा काण्डमा पनि धेरै रुपियाँ लुटिसकेको छ। यसपल्ट नयाँ मन्त्री मण्डल गठन गरिए मुख्यमन्त्री ममता ब्यानर्जीलाई सामेल नगरेर मन्त्री मण्डल गठन गरिनु उचित हुनेछ भनी तिनले बताए। यदि मुख्यमन्त्रीलाई सामेल गरे मन्त्री मण्डलमा फेरि भ्रष्टाचार हुने तिनले दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *