सरकारी आवास योजनाको माग गर्दै खरसाङ महकुमा शासकलाई ज्ञापन

खरसाङ: सरकारी आवास योजनाको मागमा रेण्टल हाउस ड्वीलर्स एशोसिएसनद्वारा खरसाङ महकुमा शासकसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। लगभग 450 जनाले हस्ताक्षर गरेको उक्त आवेदन पत्र महकुमा शासकलाई दिइयो। आज खरसाङ रेण्टल हाउस ड्वीलर्स एशोसिएसनको आयोजनामा खरसाङ क्षेत्रभरि भाड़ाको घरमा बस्ने मानिसहरूलाई सरकारी आवास योजना अनुसार सरकारले घरको व्यवस्था गर्नुपर्ने मागमा खरसाङ महकुमा शासकलाई एउटा ज्ञापन पत्र एवम् लगभग 450 जनाले यसको लागि गरिएको आवेदन पत्र जम्मा गरियो। यस सम्बन्धमा रेण्टल हाउस ड्वीलर्स एशोसिएसनका प्रतिनिधि सचिन खाती अनि फिरोज खानले बताएअनुसार सरकारी आवास योजना अनुसार खरसाङमा आफ्नो घर नभएकोले हालसम्म भाड़ाको घरमा बस्दै आइरहेकाहरूलाई घरको व्यवस्था गरिदिनुपर्छ भन्ने मागमा रेण्टल हाउस ड्वीलर्स एशोसिएसनले सबै भाडामा बस्ने मनिसहरूको व्यक्तिगत रूपमा फारम भरेर महकुमा शासकलाई जम्मा दिनको साथै ज्ञापन पत्र पनि चढाएको बताइएका छन्। यस अवसरमा संगठनका सभापति फिरोज खान, सचिव ल्यामबर्ट सिंह र नरेन्द्र प्रधान, इन्चार्ज सचिन खाती, सिटु जिल्ला कमिटी सदस्य समीर सुनार, सुवास्ना खाती, सुजाता सुनार आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *