सरकारी बसको धक्काले बाइकमा सवार युवक घाइते

राजगञ्ज : सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गको बन्दुनगरमा सरकारी बसको धक्काले बाइक सवार युवक घाइते भएका छन्। घाइते युवक राङ्गापानी इलाका निवासी सुदेव पालको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार सुदेव पाल बाइकमा सवार भएर सिलगढीतर्फ आइरहेको समय जलपाईगुढी नजिक एउटा सरकारी बसले धक्का दिँदा तिनी गम्भीर रूपमा घाइते भएको बताइएको छ। घटनाको खबर पाएर आमबारी आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर बस र बाइकलाई आफ्नो नियन्त्रणमा लिनको साथै घाइते व्यक्तिलाई उपचारको लागि अस्पतालमा लगियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *