सरकारी बसले धक्का दिँदा बाइक चालक गम्भीर घाइते

सिलगढी: सरकारी बसले धक्का दिँदा एकजना बाइक चालक गम्भीर रूपमा घाइते भएका छन्। जानकारी अनुसार फाँसीदेवाको अन्डरपासमा सिलगढीतर्फ गइरहेको एउटा सरकारी यात्रीवाहक बसले बाइकलाई धक्का दिँदा बाइक दुर्घटना हुँदा चालक गम्भीर रूपमा घाइते भएका छन्। दुर्घटना पछि उक्त सरकारी बसको चालकले चम्पट कसेका छन्। अर्कोतिर, घटनाको खबर पाउन साथ बाघडुग्रा अनि मतिगढा थानाको पुलिस घटनास्थलमा पुगेर बाइक चालकलाई उद्धार गरेर तिनलाई उपचारको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइ दिए। पुलिसले बस अनि बाइक दुवैलाई आफ्नो नियन्त्रणमा लिएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *