सरकारी बसमा गाँजाको तस्करी, गाँजासहित चालक पक्राउ

फाँसीदेवा, 18 नोभेम्बर (निसं): पुलिसले फाँसीदेवाको घोषपुकुर टोल प्लाजामा दक्षिणबंग राज्य परिवहन निगमको एउटा बसमा छानबिन गर्दा 16 किलो 500 ग्राम गाँजा उद्धार गरेको छ। यस घटनामा बस चालकलाई पक्राउ गरिएको छ।
प्राप्त जानकारी अनुसार, आइतबार राति गोप्य सूचनाको आधारमा विधाननगर जाँच केन्द्र र घोषपुकुर आउटपोस्टका पुलिसहरूले फाँसीदेवाको घोषपुकुर संलग्न टोल प्लाजामा छापामार अभियान चलाएर सिलगढीबाट कोलकाता जाँदै गरेको दक्षिणबंग राज्य परिवहन निगमको एउटा बस रोकेर छानबिन गर्दा झोलाबाट 16 किलो 500 ग्राम गाँजा उद्धार गऱ्यो। यसपछि चालक देबलु चक्रवर्तीलाई पक्राउ गरेको छ। उनी नदिया निवासी बताइएको छ। सोमबार आरोपीलाई सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişcasino siteleriDeneme BonuslarOnwincasibom girişbahsegel girişcasino sitelericasibom giriscasibomholiganbetholiganbet girişcasibom güncel adresionwinBETS 10pusulabet girişjojobetjojobetgrandpasha girişcasibom