सरकारी दिशा-निर्देशको उल्लङ्घन गरेर स्कुल खोलेपछि बीडीओद्वारा गराइयो बन्द

अलिपुरद्वार : कोरोना महामारीले गर्दा हाल स्कुलहरू बन्द रहे तापनि सरकारी निर्देशको पर्वाह नगरी अलिपुरद्वार जिल्लाको कालचिनी ब्लक अन्तर्गत हेमिल्टनगञ्ज इलाकामा एउटा अङ्ग्रेजी माध्यमको निजी स्कुल खोलिएको थियो। घटनाको जानकारी पाउन साथ कालचिनीका बीडीओ घटनास्थलमा पुगेर उक्त स्कुल बन्द गर्न लगाए। कालचिनीका बीडीओ प्रशान्त बर्मनले हेमिल्टनगञ्ज इलाकामा एउटा अङ्ग्रेजी माध्यमको निजी स्कुल खोलेर ससाना नानीहरूलाई पढाइरहेको थियो। सरकारी निर्देशअनुसार हाल सबै स्कुलहरू बन्द राखिएको छ। यसैले उक्त स्कुल खोलिएको खबर पाउनसाथ आफू स्कुलमा गएर त्यहाँका शिक्षकहरूलाई अनलाइन पढाइ गराउने अनुरोध गरेको तिनले बताए। कोरोना कालमा स्कुलहरू खोलेर नानीहरूलाई कुनै प्रकारको नोक्सान नहोस् भन्ने आफूहरूको मूल उद्देश्य रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *