सरकारी जमिन दखल गरेको आरोपमा नक्सलबारीबाट 1 जना पक्राउ

नक्सलबारी : सरकारी जमिन दखल गरेको आरोपमा नक्सलबारी थाना पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति नक्सलबारीको बडोझडुजोत निवासी पानिया सिंहको रूपमा चिन्हित गरिएको छ। नक्सलबारी भूमि तथा भूमि राजस्व विभागको अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले नक्सलबारीको बडोझडुजोतबाट पानिया सिंहलाई पक्राउ गरेको बताइएको छ। यसभन्दा अघि पनि उक्त व्यक्तिले नकली कागजपत्र बनाएर जमिन बिक्री गरेको आरोपमा पुलिसले पक्राउ गरेको थियो। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *