सरकारी जमिन दखल गरेर अवैध निर्माण गरेको आरोप, 2 जना भूमाफिया पक्राउ

सिलगढी : सरकारी जमिन दखल गरेर अवैध निर्माण गरेको आरोपमा एनजेपी थाना पुलिसले 2 जना भूमाफियालाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू सिलगढीको ज्योतिनगर कोलनी निवासी लालबाबु साह र दुर्गानगर भोटपट्टी निवासी शुभङ्कर मल्लिकको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार लालबाबु र शुभङ्करले फुलबारी 1 नम्बर अञ्चलको अधिकारपल्लीमा एउटा जमिन दखल गरेर अवैध निर्माणको कार्य शुरू गरेका थिए। इलाकाका पञ्चायत प्रधान नमिता करातीले यसबारे एनजेपी थानामा अभियोग दर्ता गरेपछि पुलिसले गत राति ती दुईजना भूमाफियालाई पक्राउ गरेको बताइएको छ। यसको साथै एउटा जेसीबी पनि जफत गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *