सरकारी जमिन दखल गरेर बिक्री गरेको आरोपमा एकजना भू-माफिया पक्राउ

सिलगढी : सरकारी जमिन दखल गरेर बिक्री गरेको आरोपमा एनजेपी थाना पुलिसले फुलबारीबाट भू-माफिया आबाद हुसेन (70)-लाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत 17 मईमा जमिन दखल गरेर बिक्री गरेको विषयमा फुलबारीका शिवाशीष मित्रले भू-माफिया आबाद हुसेनविरुद्ध लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारम जाँचमा जुटेका पुलिसले आज फुलबारी इलाकाबाट आबाद हुसेनलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.