सरकारी जमिन दखल तथा बिक्री गरेको आरोपमा अझ 3 जना पक्राउ

सिलगढी : सरकारी जमिन दखल तथा बिक्री गरेको अभियोगमा नक्सलबारी थाना पुलिसले आज अझ 3 जना भू-माफियालाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमध्ये एउटी महिला पनि सामेल छन्। पक्रा परेकाहरूमा नारायण चौधुरी (61), पवित्र राणा (53) र आनिस खान (45) सामेल छन्। तिनीहरू सुरजबडजोत र बडझाडुजोत निवासी हुन्। प्राप्त जानकारी अनुसार नक्सलबारी भूमि एवम् भूमि राजस्व विभागले नक्सलबारी थानामा अभियोग दर्ता गरेपछि जाँचमा जुटेका पुलिसले पहिला 4 जना भू-माफियालाई पक्राउ गरेको थियो भने आज अझै 3 जना भू-माफियालाई पक्राउ गरेको छ। उक्त अभियान लगातार जारी रहने पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *