सरकारी निर्देश पालन नगर्ने टोटोहरूलाई जरिमाना

सिलगढी : अतिरिक्त यात्री चढाएको आरोपमा पुलिसले टोटो चालकलाई जरिमाना लगाएको छ। प्राप्त जानकारीअनुसार आज एनजेपी संलग्न इलाकामा पुलिसले अभियान चलाएर 5 वटा टोटोमा अतिरिक्त यात्रीहरू सवार रहेको भेट्टाएपछि टोटो चालकहरूलाई जरिमाना लगाएको छ। पाँचौँ लकडाउन अवधि सरकारले केही छुटहरू दिएपछि सहरमा टोटो-अटोको चलाचल शुरू भएको छ। राज्य सरकारको निर्देश अनुसार हाल टोटोमा दुईजना यात्री मात्र सवार गर्न सक्ने प्रावधान रहेको छ। यसैले उक्त निर्देश पालन गरेको छ अथवा छैन भन्नेबारे सिलगढी ट्राफिक पुलिसले सहर अनि यसको संलग्न इलाकामा नजरदारी गरिरहेको छ। यसै क्रममा आज एनजेपी संलग्न इलाकामा केही टोटोमा अतिरिक्त यात्री सवार गरिरहेको देखेपछि पुलिसले 5 वटा टोटोलाई जरिमाना लगाएको छ। आगामी दिन पनि सहरको विभिन्न इलाकामा यस प्रकारको अभियान जारी रहने पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *