सरकारी निर्देश पालन गर्दै राजगञ्जमा ईद पालन

राजगञ्ज : राजगञ्जमा सरकारद्वारा जारी कोरोनाको प्रोटोकललाई पालन गर्दै मुस्लिम सम्प्रदायको पर्व ईद पालन गरियो। मुस्लिम सम्प्रदायका मानिसहरूले एक महिना रोजा राखेपछि ईद उत्सव पालन गर्दछन्। प्रत्येक वर्ष ईदको अवसरमा हजारौँको सङ्ख्यामा मुस्लिम सम्प्रदायका मानिसहरू मस्जिद अथवा ईदगाहमा गएर नमाज पढ्ने गर्दछन्। तर कोरोना महामारीले गर्दा गत वर्ष झैँ यस वर्ष पनि सरकारले 50 भन्दा अधिक मानिसहरू मस्जिद गएर एकैसाथ नवाज पढ्न नपाउने निर्देश दिएको छ। यसको साधै सरकारको तर्फबाट मानिसहरूलाई घरमै नमाज पढ्ने निर्देश दिएको छ। यसैले मुस्लिस सम्प्रदायका मानिसहरूले सरकारी निर्देश पालन गर्दै राजगञ्ज, फुलबारी लगायत विभिन्न ठाउँहरूमा ईदको नमाज पढेको देखियो। फुलबारी मदरसा मोहम्मदियाको तर्फबाट मोहम्मद राजुले बताएअनुसार ईद मुस्लिम धर्मावलम्बीहरूको सबैभन्दा ठुलो पर्व हो। प्रत्येक वर्ष ईदको दिन हजारौँको संख्यामा मानिसहरू भेला भएर नमाज पढ्ने गरे तापनि यस वर्ष कोरोना महामारीले गर्दा सरकारी निर्देशानुसार ईदको पर्व पालन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *