सरकारी नियमलाई पालन गरेर डुवर्सका चियाकमानहरू खुल्लै

नगरकट्टा : कोरोना संक्रमणलाई फैलिन नदिनको लागि राज्य सरकारद्वारा जारी लकडाउनको दोस्रो दिन आज डुवर्सको नगरकट्टा क्षेत्रको चियाकमानहरूमा सरकारी निर्देश अनुसार चियापत्ती टिप्ने कार्य गरियो। चिया श्रमिकहरूले आफ्नो कार्य शुरू गर्न अघि हातमा सेनिटाइजर लगाउनको साथै सामाजिक दूरीलाई ध्यानमा राखेर कमानमा काम गरेको देखियो। सरकारद्वारा चियाकमानहरूलाई दिएको निर्देशअनुसार चियाकमानमा काम गर्ने श्रमिकहरूलाई दुई सत्र अन्तर्गत 50-50 प्रतिशत गरेर बिहान अनि अपरान्हमा काम लगाइयो। यसै क्रममा ग्रासमोड़ चिया बगान प्रबन्धन पक्षले बताएअनुसार सरकारद्वारा निर्देशित नियमलाई पालन गरेर आज चियाकमानमा काम गरियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *