सरकारी राशनबारे खाद्य विभागका अधिकारीहरूसित टीएमसी-को बैठक

खरसाङ (निसं): तृणमूल कङ्ग्रेसको ट्रेड युनियन सचिव सन्तोष मोक्तान, सन्त मेरिज ग्राम पञ्चायत एक-को अध्यक्ष साङगाई लामा, सन्त मेरिज जीपी कार्यकारिणी अध्यक्ष सरन लामा, घैयाबारी पञ्चायत एक अध्यक्ष साजन तामाङ, युवा अध्यक्ष राकेश बम्जनको उपस्थितिमा सरकारद्वारा दिने राशन विषयलाई लिएर खाद्य विभाग खरसाङको एसआई सौभिक ब्रामामिक, इन्स्पेक्टर योगेश गिरीसित बैठक गरे। यसावधि जनताले पाउने साहुलियत सहीसित पाउनुपर्छ भन्ने विषयमा बसेको बैठकले धेरै कुराहरू उजागर हुन सक्ने सङ्केत पाएको तृणमूल कङ्ग्रेस ट्रेड युनियनको सचिव सन्तोष मोक्तानले पत्रकारहरूलाई बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *