सरकारी सहयोग नपाएपछि फुलबारीका दिव्याङ्ग रघुनाथ राय भीख माग्न बाध्य

राजगञ्ज : राजगञ्जको फुलबारी पूर्व धनतला निवासी दिव्याङ्ग रघुनाथ रायले  ट्राई साइकलको सहारामा भीख मागेर आफ्नो जीविका चलाइरहेका छन्। तिनले कुनै प्रकारको सरकारी सहायता नपाएको गुनासो पोखेका छन्। दिव्याङ्ग रघुनाथ रायको स्वास्नी लगायत एउटा नानी छन्। सात वर्षको उमेरमा तिनलाई टाइफाइड भएकोले दुवैवटा खुट्टा नचल्ने भएको तिनले बताए। आफू 75  प्रतिशत दिव्याङ्ग रहेको प्रमाणपत्र भए तापनि हालसम्म तिनले कुनै दिव्याङ्ग भत्ता नपाएको तिनले बताए। केही वर्ष अघि एउटा नीजि कम्पनीद्वारा प्रदान गरिएको ट्राई साइकलको सहयोगमा तिनले भीख मागेर कुनै प्रकारले आफू लगायत परिवारको जीवन चलाइरहेका छन्। तिनको ट्राई साइकल लगभग खराब भइसकेको छ। एकजना स्थानीय शिक्षक उज्ज्वल रहमानले रघुनाथसित दिव्याङ्ग प्रमाण पत्र रहे तापनि हालसम्म कुनै सरकारी सहयोग नपाएको बताउँदै लकडाउनको समयमा आफूहरूद्वारा केही सहयोग गरेको तिनले बताए। सरकारी तथा गैर सरकारी संगठनले दिव्याङ्ग रघुनाथको सहयोग गर्ने तिनले अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *