सरकारी स्कुलमा शिक्षकहरूको अनुपस्थितिलाई लिएर गाउँलेहरूद्वारा विरोध

राजगञ्ज : राजगञ्जको लक्ष्मीस्थान प्राथमिक विद्यालयका शिक्षक नियमित रूपले स्कुल नआउने आए तापनि तिनी धेरैजसो कक्षामा अनुपस्थित रहने गर्दछन्। यसको प्रतिवादमा आज अभिभावक र स्थानीय मानिसहरूले स्कुलमा विरोध-प्रदर्शनी गरे। स्थानीय मानिसहरूले सबै शिक्षकहरू स्कुलमा 11 बजीपछि आउने गरेको साथै केही शिक्षकहरू आफू खुसी स्कुलबाट जाने गरेको आरोप लगाएका छन्। उक्त स्कुलमा आज 11 जना शिक्षकहरूमध्ये 5 जना शिक्षक मात्र स्कुलमा उपस्थित रहेको बताइएको छ। यस विषयमा स्कुल प्रबन्धनसँग सोधखोज गर्दा कुनै उचित जवाफ नदिएको साथै स्कुलका प्रधान अध्यापक प्रशान्त दासले सबै शिक्षकहरू नियमित रूपले सही समयमा नै स्कुल आउने दावी गरे। सम्भवतः आज विभिन्न कारणहरूले गर्दा केही शिक्षकहरू स्कुल नआएको बताउँदै स्थानीय मानिसहरूले झुठो आरोप लगाएको तिनले बताए। अर्कोतिर, यस विषयमा सहकारी विद्यालयका परिदर्शक राजीव चक्रवर्तीले जाँच गरेर कठोर कार्वाही गर्ने आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *