सरकारी शिक्षकले ट्युसन पढाउन पाउनुपर्ने मागमा पथअवरोध

अलिपुरद्वार : सरकारी स्कुलका शिक्षकहरूलाई ट्युसन पढाउने अनुमति दिनुपर्ने मागमा विद्यार्थीहरूले आज अलिपुरद्वारको जटेश्वर इलाकामा वीरपाड़ा-फालाकाटागामी पथ अवरोध गरे। पथ अवरोधको कारण 7 नम्बर एसियन हाईवेमा केही समयको लागि जामको समस्या सृष्टि भएको बताइएको छ। स्कुल शिक्षा कार्यालयले राज्यका सरकारी स्कुलका शिक्षकहरूलाई ट्युटन पढाउन निषेध गरेकोले गर्दा विद्यार्थीहरूले यसको प्रतिवाद जनाउँदै आज पथ अवरोध गरेर विक्षोभ प्रदर्शनी गरेको प्रदर्शनकारीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *