सरकारी परियोजनाको फारमको बद्ली रूपियाँ लिएको आरोपमा 3 युवक पक्राउ

सिलगढी: सिलगढीको भक्तिनगर थाना पुलिसले 5 नम्बर बोरो अन्तर्गत शिव मंगल स्कूलबाट तीन जनालाई सरकारी परियोजनाको फारमको बद्ली रूपियाँ लिएको आरोपमा पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा विप्लव पाल (28), महेश्वर बर्मन (43) र मिन्टु कुमार सिंघो (39) सामेल छन्। मिन्टु कुमार सिंघो कोचबिहार अनि विप्लव पाल र महेश्वर बर्मन सिलगढीको हैदरपाडा निवासी रहेको बताइएको छ। तीनै आरोपीलाई आज जलपाइगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *