सरकारी योजना र विकास बोर्डबाट ओझलमा घैयाबारीको 64 वर्षीय दम्पत्तिको भत्केको घर

खरसाङ : सरकारी योजनाहरू र विकास बोर्डहरूको नजरदेखि निक्कै टाड़ा रहेको छ खरसाङ महकुमा अन्तर्गत अप्पर गैरी गाउँ घैयाबारी निवासी दम्पत्ति। घैयाबारीको 64 वर्षीय मोहन सार्की र उनकी पत्नीले नयाँ घर निर्माणको लागि धेरैपल्ट सरकार समक्ष अर्जी गरे तापनि अहिलेसम्म कुनै पनि पक्षबाट घर निर्माण भएको छैन। यी वृध्द-वृध्दा दम्पत्तिले नयाँ घरमा बस्ने सपना सजाएर वर्षौंदेखि बसिरहेका छन् भने नयाँ घर बनिने अहिलेसम्म पनि आशा मारेका छैनन्। विगत 2015 मा आएको विनाशकारी भूकम्पले मोहन सार्कीको घर चर्केको र भत्केको अवस्थामा थियो। तेतिबेला पनि नयाँ घरको लागि निवेदन गरेका थिए तर अहिलेसम्म पनि बनिएको छैन। त्यसताक भत्केको घर केवल सपोर्टिङ देवल मात्रै बनाएको तर भत्केको घर नयाँ नबनाएको गुनासो गर्छन् दम्पत्ति।


मोहन सार्की र तिनकी पत्नीले नयाँ घर निर्माणको लागि धेरैलाई अर्जी चढ़ाए। सबैतिर कागज पत्रहरु पनि सुम्पे तर अहिलेसम्म पनि बनिएको छैन घर। अहिले पनि भत्केको पुरानो घरमा नै बस्न बाध्य छन् सार्की दम्पत्ति। आफ्नो घर निर्माणको लागि विकास बोर्डमा कोरोनाकाल अघि नै दुईपल्ट बुझाएको तर अहिसेसम्म नभएको र पञ्चायतमा पनि कागज पत्रहरू बुझाएको तर बनिएको छैन र पनि आशा मारेका छैनौं भनी दुवैले बताएका छन्। प्रधानमन्त्री आवास योजना अन्तर्गत धैरे जनाको घरहरू बनियो तर सार्की दम्पत्तिको घर भने अझसम्म बनिएन। विकास बोर्डबाट पनि अहिलेसम्म घर नबनिएको दुवैले गुनासो गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *