सरकारको घोषणा अनुसार भुटान जाने मानिसहरूले आजदेखि कर तिर्न शुरू

जयगाउँ: अबदेखि भुटान जाने मानिसहरूलाई 10 रुपियाँ कर तिर्नुपर्ने भुटान सरकारले नियम लागू गरेको छ भने यसलाई युजर फि नाम दिएको छ। प्राप्त जानकारी अनुसार जयगाउँबाट फुन्सेलिङ अथवा फुन्सेलिङबाट जयगाउँ यातायात गर्ने प्रत्येकले 10 रुपियाँ कर तिर्नुपर्नेछ। नगद अथवा मोबाइल एपको माध्यमद्वारा साधारण मानिसहरूले उक्त कर तिर्नु सक्नेछन्। केवल भारतीय नागरिकलाई मात्र नभएर भुटानको नागरिकलाई पनि यो नियम लागू रहनेछ। प्रत्येक दिन पर्यटक लगायत हजारौँको संख्यामा मानिसहरू, व्यवसायी तथा श्रमिकहरू पनि कामको सिलसिलामा भुटानको फुन्सेलिङ जाने गर्दछन्। यसको साथै धेरैजसो मानिसहरू धेरैपल्ट भुटानबाट भारत अनि भारतबाट भुटान आउजाउ गर्ने गर्दछन्। यस्तो स्थितिमा विशेष गरेर दैनिक मजदुरहरूलाई यसरी बारम्बार कर तिर्नु पर्दा समस्या हुने गरेको बताइएको छ। यसैलाई लिएर विभिन्न महलका मानिसहरूले क्षोभ प्रकट गरेका छन्। कालचिनी ब्लक चेम्बर एन्ड कमर्सका सचिव राकेश पान्डेले बताएअनुसार 10 रुपियाँ कर तिर्नु सामान्य भए तापनि धेरैजना मानिसहरू बारम्बार आवतजावत गर्ने गर्दछन्। यस्तो स्थितिमा निक्कै समस्या हुने गर्दछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *