सार्की समाज नागरी धजे शाखाको शोकसभा सम्पन्न

नागरी: भारतीय गोर्खा नेपाली सार्की समाज केन्द्रिय अध्यक्ष कृष्ण बर्मे पितृ शोकमा परेका छन्। तिनका पिता जङ्गबहादुर सार्कीको असामयिक निधनमा समवेदना प्रकट गर्दै सार्की समाज नागरी धजे शाखाको शोकसभा जङ्गबहादुरको सार्कीको वासगृहमा सम्पन्न भयो। सभामा दिवङ्गतको आत्माशान्तिको कामना गर्दै मौन धारण गरेर शोक सन्तप्त परिवारलाई समवेदना पत्र प्रदान गरियो। सभामा समाजका सभापति सन्तराज मंग्राती, उपसभापति मणिकुमार सार्की, सचिव पृथ्वीलाल मंग्राती, शकुन्तला सार्की, रीना सार्की, विवेक सार्की तथा अन्यको उपस्थिति थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *