सरोजिनी देवानको कथा संग्रह ‘विषम वियोग’ विमोचन हुने

खरसाङ (निसं): खरसाङकी नारी स्रष्टा सरोजिनी देवानको पहिलो कृति कथा संग्रह ‘विषम वियोग’ आगामी 5 नोभेम्बरको दिन सालबारीस्थित सालबारी सेवा समाज भवनमा विमोचन हुने भएको छ। लामो समयदेखि कथा, कविता र गजलहरू लेख्दै आएकी नारी स्रष्टा सरोजिनी सागर देवानले आफ्नो पहिलो कृतिको रूपमा कथा संग्रह प्रकाशित गरिरहेकी छन्। मदन देवान स्मृति मञ्चको आयोजनामा सम्पन्न हुने उक्त विमोचन कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ कथाकार राजेन मोक्तान उपस्थित रहने भएका छन् भने पुस्तकमाथि समीक्षात्मक टिप्पणी सुरज धड्कनले राख्ने छन्। खरसाङकी नारी कथाकार एवं स्रष्टा सरोजिनी देवानको पहिलो कृति कथा संग्रह ‘विषम वियोग’ को आगामी 5 नोभेम्बर 2023 के दिन बिहान 11 बजेदेखि सालबारीमा हुने विमोचन कार्यक्रममा सबैलाई उपस्थित भइदिने आह्वान स्रष्टा सरोजिनी देवानले गरेकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *