सर्व भारतीय महिला तृणमूल (हिल्स) सभानेत्री रेजिना गुरूङलाई स्वागत

मङपू: सर्व भारतीय तृणमूल कङ्ग्रेस मङपू एकाईको स्थानीय पार्टी कार्यालयमा तृणमूल नेत्री ममता ब्यानर्जीद्वारा रेजिना गुरुङ (मङपू)-लाई सर्व भारतीय महिला तृणमूल कङ्ग्रेस (हिल्स)-को सभानेत्रीको रूपमा मनोनित गरिएकोमा तिनलाई स्वागत जनाउन आज एउटा कार्यक्रमको आयोजना गरियो। उक्त सभामा सभानेत्री रेजिना गुरूङलाई खदा लगाई दिएर स्वागत जनाइयो। उक्त कार्यक्रममा मङपू एकाईको महिला वर्ग एवम् रेसेप जीपीका प्रतिनिधि लगायत कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *