सासुको घाँटी रेटेर हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ

कुचबिहार : घाँटी रेटेर सासुको हत्या गरेको ज्वाइँविरुद्ध अभियोग उठेको छ। उक्त घटनाले कुचबिहारको पुन्डीबारी थानाको पातलाखावा ग्राम पञ्चायतको छाँट सिङ्गीमारी इलाकामा सनसनी मच्चियो। मृतक महिला 80 वर्षीय वदी उरावको रूपमा चिन्हित गरिएको छ। पुन्डीबारी थाना पुलिसले आरोपी ज्वाइँ दिलीप उरावलाई पक्राउ गरेको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार गत दुई दिनदेखि सासु वदी उराव ज्वाइँ दिलीपकै घरमा थिइन्। गत राति 12 बजी दिलीप मातेको अवस्थामा घरमा आएको समय सासु सुतिसकेकी थिइन्। दिलीप घरमा पुगेर सासुको घाँटी रेटेर हत्या गरेको आरोप रहेको छ। घटनापछि तिनकी स्वास्नीले चिच्याउँदा दिलीपले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। पुन्डीबारी थाना पुलिस आज बिहान घटनास्थलमा पुगेर वृद्धाको शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetperabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbettipobet Built with ❤︎ by appycodes