ससुराली पक्षको अत्याचार सहन गर्न नसकेर गृहिणीद्वारा आत्महत्या

कुचबिहार : दाईजोको लागि ससुरालीका सदस्यहरूले मानसिक अत्याचार गर्ने गरेकोले गर्दा एउटी गृहिणीले झुण्डिएर आत्महत्या गरेको गृहिणीको परिवारका सदस्यहरूको आरोप रहेको छ। उक्त घटना कुचबिहारको शिङ्गीमारी इलाकामा घटेको हो। मृतक गृहिणीको नाम सुमना बर्मन (20) बताइएको छ। हिजो राति झुन्डिएको अवस्थामा सुमनालाई उद्धार गरेर कुचबिहार एमजेएन मेडिकल कलेज एवम् अस्पतालमा लगे तापनि त्यहाँका डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए। गृहिणीको परिवारका सदस्यहरूले बताएअनुसार सुमना र इन्द्रजीतले गत 2 वर्ष अघि प्रेम विवाह गरेका थिए। तिनीहरूको एउटा नानी पनि छ। अभियोग अनुसार बिहे भएको 6 महिनापछि दाईजोको लागि ससुराली पक्षका सदस्यहरूले सुमनामाथि मानसिक अत्याचार गर्ने गर्दथ्यो। मानसिक अत्याचार सहन गर्न नसकेर नै सुमनाले आत्महत्या गरेको हो। उक्त घटनापछि मृतकको परिवारका सदस्यहरूले थाना लिखित अभियोग दर्ता गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *