ससुराको श्राद्धको समान लिएर गइरहेको समय सडक दुर्घटनामा ज्वाईको मृत्यु

सिलगढी (निसं): मृत ससुराको श्राद्धको समान लगिरहेको समय सडक दुर्घटनामा ज्वाईको मृत्यु भएको छ। उक्त विभत्स दुर्घटना सोमवार राति फुलबारी-घोषपुकुर बाइपास रोड अन्तर्गत फुलबारी ब्यारेज संलग्न इलाकामा घटेको हो। मृतकका नाम सुभाष राय (45) बताइएको छ। तिनी फाँसीदेवा ब्लकको रब्बिटा इलाका निवासी थिए। प्राप्त जानकारी अनुसार तीन दिन पहिला सुभाष रायको काका ससुराको मृत्यु भएको थियो। सोमबार साँझमा पनि सुभाष राय आफ्नो ससुराको श्राद्धका लागि समान लिएर फुलबाडी 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत गठमाबाडी इलाकास्थित आफ्नो ससुराको घरमा गइरहेका थिए। यस अवधि नै सडक दुर्घटनामा सुभाष रायको मृत्यु भएको बताइएको छ। तिनको शव केही समयसम्म सडकमा नै रहेको थियो। उक्त घटनाको सूचना पाएपछि न्यू जलपाईगुडी थानाको पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइ दिएको छ। अचानक यसरी ससुरा- ज्वाईको मृत्यु भएकोले इलाकामा शोकको लहर छाएको छ। अर्कोतिर, न्यू जलपाइगढी थाना पुलिसले घटनाको अनुसन्धान गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *